Statement of Artist Ganesh Lama 'Aashu'




Statement  

कलाकार वा कलाकर्मी गर्ने मानिसहरु राजनीति कुटनैतिक र अन्य कुनै पनि किसिमको जालझेल फट्याइ गरेर घर परिवार जीवन चलाउने पक्क्षमा हुदैनन् । उनिहरुको दिमागमा केवल नयाँ नयाँ सिर्जना गर्ने आफ्नो जीबनकालमा राज्य र समाजलाई धेरै भन्दा धेरै कृति छोडेर जाने ! यस्तो प्रकारका विचार भएको जात हो कलाकार तर हाम्रो समाजमा कलाकारलाई होच्याउने हियाउने प्रवृति कायमै छ । ए यस्तो पनि चित्र यस्तो पनि मुर्ति तर निर्माण कसरी गर्यो यसको महत्त्व के छ त्यो नबुझी प्वाकप्वाक बोल्ने मान्छेहरु पनि भेटिन्छ । खास गरि हाम्रो विकास तिर लम्कदै गरेको सानो र सुन्दर मुलुकका कलाकार हामीहरु अलि पछाडी पनि छाै । हामी एउटा सिर्जना बनाउने समय टुल्स र मेट्टिरियल खोज्दै बितिरहेको हुन्छ, त्यस माथि परिवारको समस्यासंग पनि पाैठेजोरी खेल्नु परिरहेको हुन्छ । यति हँदाहुँदै पनि हामी रहरले वा बाध्यताले आफू सिर्जनासंग बाँधिएर सिर्जना गर्न बाध्य छाै । अन्य मुलुकहरुमा कलाकारको संरक्षण र उनीहरूको परिवारको ग्यारेन्टी राज्यबाट सुनिश्चित हुन्छ, कलाकारले मेरो कृति कस्ले खरिद गर्ला, कहाँ बिक्री गर्ने भनेर भाैतारी हिड्नु पर्देन । जबसम्म हाम्रो देशमा रहेको कलाकारहरुले म र मेरो परिवार माथि राज्य छ भन्ने महसुस गर्दैन तवसम्म हामी कलाकारहरुको अवस्था माग्ने कै हुन्छ । यो अवस्थाबाट नेपाली कला र कलाकारलाई माथि उठाउने हो भने राज्यले कलाकार संरक्षणको नीति ल्याउनु जरुरी छ । 



Click on the link below for more information about the artist.

Curriculum Vitae

Biography

Artworks



About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.