Biography of Artist Ganesh Lama 'Aashu'





Biography 

म २०३० सालमा खोटाङको दुर्गम गाउँ मानेभञ्ज्याङ नाैलाखर्कमा जन्मिएको हो । मेरो परिवार पहिला मध्यम वर्गिय परिवार भए पनि पछि बर्गिय परिवार बन्न पुग्यो । परिवारमा आमा बाबू बाहेक १ दाजु, दुई दिदी, दुई भाइ र एक बहिनी सहित नाै जनाको परिवार मध्ये म माइलो सन्तान हुँ । २०३५ सालतिर हाम्रो परिवार त्यहाँबाट बसाइँ सरि भोजपुरको विकट गाउँ अोख्रे गा.वि.स. हाल रामप्रसाद राई गा.पा.मा बसाइँ सरेर आएछ । मैले प्राथमिक शिक्षा त्यहीँबाट सुरु गरेको हो । म सानैदेखि चित्र कोर्थे काठका टुक्राहरुमा आकृतिहरु बनाउथेँ । एस्तै गरि मेरो बाल्यकाल बितेको हो । उ बेला चित्रकलाको न टिचर नै पाईन्थ्यो । काठमाडौसम्म धाएर ललितकला पढ्ने भनेको त आकासको फल आँखा तरी मर भने झैँ थियो ।  पछि परिवारमा दुखको कारणले मैले एस.एल.सी. सम्म पनि पढ्न पाइन । त्यो भोजपुरबाट हाम्रो परिवार २०४५ सालमा बसाइँसराइ गरि मोरङको लक्ष्मीमार्गमा आएपछि काम नपाइने काम खोज्ने करममा विभिन्न ठाउमा भाैतारीदै जादा साइनबोर्ड लेख्ने काम पो ठिक लागेर एउटा कुचि र किनेर कमर्सियल काम थालेँ । मेरो आजसम्म गुरु छैन, (मेरो आँखा नै पहिलो गुरु हो ।) जे देख्यो हुवहु कपी गरेँ । २०५२ सालदेखि (मोक्तान कला केन्द्र) नामको आर्ट पसल खोलेर अहिलेको (सखी फाइन आर्ट ग्यालरी)सम्मको मेरो यात्रा करिब २५ बर्ष भएछ । यो यात्रामा धेरै कुरा कलासँग सम्बन्धि सिकेको छु, (कला साधानाको धैर्यताको र धृडताको नाम हो ।)कलाकार बन्न खोजेर जस्ले साधना गर्न सक्दैन  उ कहिल्यै उच्चकोटिको कलाकार बन्न सक्दैन मलाई त्यस्तो लाग्छ । 

यो मेरो छोटो वायोगारफी ललितकला संगम बिराटनगरको वेवसार्इटमा राक्ने माैका मिलेकोमा ललितकला संगम परिवार प्रती आभारी छु । धन्यवाद ।



Click on the link below for more information about the artist.

Curriculum Vitae

Statement

Artworks

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.