MESSAGE




हार्दिक शुभकामना 
प्रदेश नं. १ का सम्पूर्ण ललितकलाकर्मीहरुको परिचयात्मक सूचिका सार्वजनिक गर्ने जानकारी पाउँदा मलाई अत्यन्त खुसी लागेकोछ । यो सूचिका प्रदेश नं. १ लाई मात्र होइन, राज्यभरीकै ललितकलाकर्मी र ललितकला सम्वन्धी जानकारी राख्न चाहने , खोज अनुसन्धान गर्ने र अध्ययन गर्ने सबैका लागि यो एउटा कोसेढुंगा सावित हुनेछ भन्ने लागेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको 'Nepali Artist' - नेपाली कलाकार _ नामक परिचयात्मक पुस्तकलाई अझ ब्यापक बनाई सातै प्रदेश समेतेर  अर्काे संस्करण प्रकाशन गर्नु पर्ने अवस्था रहेको छ । सो संस्करणका लागि पनि यसले ठूलो सहयोग मिल्ने आशा लिएको छु ।  साथै यस प्रशंसनीय कार्यले केवल प्रदेश नं १ का लागि मात्र नभई सम्पूर्ण नेपाली ललितकलामा चाख राख्ने सबैका लागि अत्यन्त जानकारी मुलक उपयोगी सामग्री हुनेछ भन्ने लागेको छ । यसर्थ यस पुनीत कार्यमा संलग्न सबै ललितकलाकर्मी, कलाप्रेमी, विशेष गरी ललितकला संगम विराटनगर एवं अन्य प्रादेशिक संघ संस्था, शुभचिन्तकहरु आदि लगायत प्रत्यक्ष वा परोक्ष संलग्न सबैलाई म तथा प्रज्ञा प्रतिष्ठान परिवार हार्दिक वधाई तथा धन्यवाद दिन चाहन्छु ।

कुलपति
नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठान ,नक्सालकाठमाडौँ ।






हार्दिक शुभकामना 

ललित कला सगंम प्रदेश नं. १ को कलाप्रति समर्पित पूरानो संस्था हो। अहिलेको इंटरनेट र सामाजिक सन्जालको युगमा यस संस्थाले वेबसाइट, फेसबुक, ट्वीटर जस्ता माद्यम रोजेर कला र कलाकारको अभिलेखीकरण र प्रचारप्रसारको अभियान सुरु गर्नु अत्यन्तै प्रसंसनिय र सरानिय कार्य रहेको छ। हार्दिक शुभकामना साथै बधाइ।

सदस्य–सचिव
नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठान, नक्सालकाठमाडौँ ।






This institute is doing good to uplift Nepali Art and Artist thorough Facebook Twitter, Instagram.It is indeed a great matter for all Nepali Artists. LKS no doubt tries to introduce  Nepal and Nepali throughout the world. Endvour of LKs is appreciable.We salute you and your whole team.Your this type of efforts will motivate  to all Nepali artists and encourage them.In my opinion you all are examples of new generation.Keep it up. Congratulation.     

प्रमुख
वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग
नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठान, नक्सालकाठमाडौँ ।




हार्दिक शुभकामना

नेपाल कला र संस्कृतिको धनि मुलुक हो भन्दा अत्युक्ति नहोला । यही सन्दर्भमा नेपाल ललितकला संगम विराटनगरले आफ्नो संस्थाको बारेमा वेवसाईट मार्फत सार्वजनिक गर्न लागेको कुरा थाहा पाउदा अन्त्यन्तै खुशी लागेको छ । यस कार्यले नेपाली कलाको श्रीवृद्धिमा कोसे ढुङ्गा सावित हुने कुरामा दुइ मत छैन । म अहिलेको प्रविधिलाई अत्यधिक प्रयोगमा ल्याउनु हुन्छ भन्ने कुरामा समेत आशावादी रहदै शुभकामना व्यक्त गर्न चाहन्छु ।

              चित्रकला विभाग प्रमुख 
नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठान, नक्साल, काठमाडौँ ।






Lack of resources have been great hindrances for LKS in the past. I hope  conditions may be improved in the future.


संस्थापक अध्यक्ष
ललित कला संगम ,विराटनगर






हार्दिक शुभकामना

ललित कला संगम ,कला प्रति समर्पित संस्था हो। यसले कला र कलाकर दुवैलाई अगड़ी बढाउने प्रयास निरन्तर रुपमा गरिरहेको छ र भविष्यमा पनि गरिने छ । यस संस्थाको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।   

पूर्व अध्यक्ष
ललित कला संगम ,विराटनगर







हार्दिक शुभकामना

ललित कला सङम, मोरङ, बिराटनगरले नेपालको प्रदेश न.१ मा रहेका कलाकारहरुलाइ निमन्त्रणा गरेर देश बिदेशमा चिनाउन एकै थलोमा ( भेला जम्मा) कार्यशाला, पदर्शनी, छलफल समेत गर्दै आएको  सर्बबिदितै छ। यो संस्थाले आगामी दिनमा अझै प्रभावकारी रुपमा काम गर्दै जाने छ भन्दै हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु।

कलाकार,धनकुटा







ललित कला संगम बिराटनगरसंग म धेरै पहिलादेखि नै नजिक रहेने अवसर प्राप्त गर्ने मान्छेमा पर्छु । यो संस्थामा म एक कार्यकाल मेजर पोष्टमै रहेर काम गर्ने माैका मिलेको थियो । यो संस्था  एउटा विशुध्द कलासंग सम्बन्धित काम गर्ने संस्था हो । यो संस्थाले हरेक बर्ष कला कार्यशाला तथा प्रदर्शनी गर्ने गरेको छ । प्रदेश नं १  भित्र रहेका नगन्य संस्थाहरु मध्ये यो संस्था निकै पुरानो पनि हो । विगतमा विभिन्न कारणले यो संस्थाको गतिविधि न्यून रहे पनि केही बर्ष यता संस्थाले गति लिन थालेको छ । कलाक्षेत्रका पुराना कलाकारहरूलाई सम्मान र नयाँ उदयमान कलाकारलाई प्रोत्सहान दिदै कला सम्बन्धि गतिविधि गरिरहेको यो संस्थाले आफ्नै वोएभ पेज बनाएर प्रदेश नं. १ भरिका कलाकारहरुलाई प्रेसित गरेको छ । अन्त्यमा ललितकला संगम बिराटनगरका सिङ्गो टिम प्रती हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद ।

अध्यक्ष
सखी फाइन अार्ट ग्यालेरी,बेलबारी,माेरङ





 

ललित कला संगम बिराटनगरले लामो समयदेखि कला क्षेत्रको संरक्षण संवर्धन विकासमा कार्य गर्दै आइरहेको छ यसले प्रदेश नम्बर १ मा छरिएर रहेका ललितकला कर्मीहरुलाई एक सुत्रमा बाँधी उनीहरूको अभिलेख  राख्ने काम गरेकोले    सो सराहनीय  कार्यकालागि विशेषः धन्यवादका साथै उत्तरोत्तर प्रगति को कामना गर्दछु ।

पन्छी कलाकार
इनरूवा,सुनसरी








कलाकारहरुको खोज, संरक्षण, प्रोत्साहन र सम्मान गर्नको लागि ललितकला सङ्गम बिराटनगरले गरेको प्रसम्सनिय कार्यलाई मेरो साथ सहयोग र शुभकामना दिन चाहन्छु। बिशेश गरेर नया पुस्ताका कलाकारहरुको, कला सर्जक र कला श्रष्टाहरुको लागि महत्वको बनोस अनि बन्दछ ब्यक्ती,समाज, प्रदेश, राष्ट्रिय तथा अन्तरास्ट्रिय बिकास र शान्ति। "कला समयको बर्वादी होइन कुलतको ओखती अनि ज्ञानको भण्डार हो ।"

(राजेन्द्र बिक्रम पिठाकोटे)
मूर्तीकार
धुसेनी ५ देउमाइ नगरपालिका, इलाम








ललितकला संगम बिराटनगरले आज भन्दा तीन दशक अगाडीबाट कार्यक्रमहरु गर्दै आईरहेको सर्बबिदितै छ . यस संस्थाले गर्दै आईरहेको कार्यक्रममा निरन्तर सहभागी हुँदै आईरहेको छु म पनि यो संस्थाको उध्देशय प्रदेश नं. १ मा रहेका सबै बिधाका कलाकारहरुलाई उत्प्रेरणा जगाई अगाडि बढाई कलाको बिकासमा तिब्र फड्को मार्नु संस्थाको लक्ष हो। गत बर्ष र अघिल्लो बर्षको तीनदिने कार्याशाला तथा प्रदर्शनीको गतिबिधि राष्ट्रियस्तरको थियो र थियो पनि पुर्बमा यति धेरै कलाकारको चित्रकला देखेर दंग पर्नु भएको थियो कुलपतिज्यु । कलाकारको मर्म बुझेर कलाकारलाई केही न केही गर्ने वातावरण अगाडि बढी रहेकोमा संस्था प्रति आभार तथा आगामी दिनकाे लागि हार्दिक शुभकामना । 

कलाकार
बेलबारी,माेरङ








प्रदेश नम्बर एकको कला विकाश, बिस्तार एवम प्रवद्र्धनका क्षेत्रमा संधै अग्रणी, सक्रिय, क्रियाशिल एक पुरानो कला संस्थाको नाम हो ललितकला संगम । यो संस्थाले आफ्नो स्थापना कालदेखि हालसम्म पनि अविचलित रुपमा संस्थाको लक्ष र उदेश्य अनुसार कलागत विविध गतिविधीहरु गर्दै आएको छ । संस्थाले स्थानीय तथा राष्ट्रियस्तरमा नै कला वर्कसप, कला प्रदर्शनी, कला गोष्ठी लगायतका कार्यहरु गर्दै कला क्षेत्रको श्रीबृद्धिमा महत्वपूर्ण भूमिका खेलेको सर्वविदितै छ । राजधानी पछि ठूलो शहरको रुपमा परिचित विराटनगरमा रहेर हालसालै संस्थाले आफ्नो एक वेभ साईड सिर्जना गरेको छ, जसमा प्रदेश एकका सम्पूर्ण कलाकारहरुको जानकारी मुलक दस्तावेज छ, जहां सम्पूर्ण कलाकारको बायोडाटा लगायत उनीहरुका सिर्जनात्मक कृतिहरु भेट्न सकिन्छ ।  संस्थाको निम्ति अर्थात् सम्पूर्ण कलाकारकै निम्ति यो एक उल्लेखनीय र उपलब्धि मूलक कार्य हो । यसरी आजको विकशित युगमा विकशित देखिएको मल्टी मिडिया सिस्टम र भर्चुअल माध्यमको समयकाललाई आत्मासात गर्दै संस्था आधुनिकतामा प्रवेश गर्नु तथा स्वयंम कलाकारलाई विधुतीय सञ्जालमा उन्नु अति नै सह्रानीयको विषय हो । संस्थाले प्रदेश एकका सम्पूर्ण कलाकारको खाका तथा डाटालाई विधुतीय माध्यम, बल्गस्पोर्टमा राख्ने कार्य गर्नु संस्था एवं प्रदेशकै एक उपलब्धि मूलक महत्वपूर्ण कार्य हो भन्दा अतिसयोक्ती नहोला । जहासम्म मैले थाहपाएं अनुसार काठमाडौस्थित ललितकला प्रज्ञाप्रतिष्ठानले पनि आजसम्म पनि यस्तो कार्य गर्न सकेको छैन, जुन आज ललितकला संगमले गरेर देखाइदिएको छ । यहां कलाकारले मात्र होईन राष्ट्रका संयन्त्रहरुले पनि यस्ता सिर्जनशील, भिजनमुखी संस्थाहरुलाई होस्टेमा हैसे गर्नैपर्छ । संस्थाको कलाजागरणका यस्ता कार्यहरुलाई मेरो व्यक्तिगत तर्फबाट सलाम भन्न चाहन्छु । धन्यवाद । 

कलाकार एवं कला लेखक
धरान सुनसरी







LKS Biratnagar is such an inspirational and historical art Organization which has a glorious history, yet it was wobbling during in its mid-years but now its balanced and active on various art activities in Biratnagar and nearby areas. I am personally thankful towards them as they are archiving the details of artists living and working in Province No. 1. Which showsctheir responsibility being an elderly Organization.

संस्थापक अध्यक्ष
देही अार्ट,काकरभिट्टा

















विगतमा अधिकांश कला संबन्धी गतिविधिहरूको प्रचार प्रसार मूलत काठमाडौं केन्द्रित भैरहेको सन्दर्भमा  ललितकला संगम बिराटनगर ( LKS Biratnagar) ले प्रदेश नं १ का सम्पूर्ण ललितकला सर्जकहरुलाई समेट्ने प्रयास गर्दै, उनीहरूलाई मेहनतपूर्वक खोज्दै पहिल्याउँदै र प्रेरित गर्दै सहभागी सम्पूर्ण कलाकारहरूका काम र परिचयलाई कोभिड- १९  को  यस्तो जटिल परिस्थितिमा समेत ' अनलाइन' को माध्यमबाट उजागर गर्ने, गर्दै जाने जुन सुकार्य गरिरहेको छ यो ज्यादै नै महत्वपूर्ण र प्रशंसनीय छ। 
आ-आफ्ना  भूगोल भित्रका प्रतिभाहरुलाई आम जनमानसमा परिचित, प्रेरित र गौरवान्वित गराउने यस्तो कार्य देशका सबै क्षेत्रका निम्ति प्रेरक र उदाहरणीय छ। 
कलाकारहरु स्वयं आफ्नो मात्र नभई आफ्नो समाज र देशका समेत दर्पन हुन्  जस्ले आआफ्ना सृजना मार्फत समाज र मुलुकको मौलिक पहिचानलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा फैलाउने काम गरिरहेका हुन्छन् । राज्यले समेत यस्ता महत्वपूर्ण कार्यहरूलाई आर्थिक, भौतिक मनोवैज्ञानिक हरेक तवरले टेवा हौसला प्रदान गरेको खण्डमा नेपाली कला क्षेत्रले नयाँ फड्को मार्न सक्ने निश्चित छ । अन्तमा यस अभियानमा धेरै अनुसन्धान, धैर्यता र मिहिनतपूर्वक धेरै भन्दा धेरै कलाकारहरुलाई समेट्न लागि पर्नुहुने वीरेन्द्रकुमार राजवंशीजी जो ललित कला संगम विराटनगरका एक सकृय अगुवा कलाकार हुनुहुन्छ वहाँ प्रति आभारी तथा वहाँ र समग्र संस्थाको पूर्ण सफलताको लागि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।

मंगलबारे, देउमाई न. पा. इलाम, (हाल अस्थाई काठमाडौं)

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.