Statement of Artist Ramesh Nath Khanal



Statement 

    अरूपण अर्थात् रूप विहिन कला विशुद्ध नेपाली कला हो । अरूपण  कलाको प्रयोग 1985 देखि गर्दै आएको हुँ । अरूपण कलाका केही  सिद्धान्तहरू छन् ।

उदाहरणका लागि 

क)   अभिव्यक्तिमाथि छुट

 कला पारखीहरुले अरूपण कला पारख गरेपछि आफ्नै स्वविवेकले अर्थ लगाउन सक्छ । एक जनाले  लगाएको अर्थ अर्कोसँग मिल्नु पर्दैन ।  त्यसैले अरूपण  कलाको स्व व्यख्या वरिष्ठ देखि कनिष्ठ कलाकार वा ल व्यक्तिले गर्न सक्छन् । त्यसैले अरूपण कला  लोकप्रिय भइरहेको छ ।


ख)  सौन्दर्य अनुभव अनुभूति

अरूपण  कला सुन्दर र संयाेजन बाट बन्नु पर्दछ ।  सुन्दर रङ्गको समिश्रण  नै अरूपण कला हो ।


ग) प्रकाश र दयाको तालमेल

 अरूपण  कला सिर्जना गर्दा खेरि प्रकाश र छायाको सामन्जस्यता हुनुपर्दछ।


 घ)  दुरान्तरको कसी 

अरूपण कलामा दुरान्तरलाई विशेष ध्यान दिनुपर्छ ।

ङ)  सन्तुलित रङ्ग प्रयाेग 

अरूपण कला  कलामा सन्तुलित रङ प्रयोग गर्नुपर्दछ रङ्गकाे सन्तुलन कसरी गर्न सकिन्छ कलाकारले ध्यान पुर्याउनु पर्दछ ।


च) सिर्जना सिर्जना

 अरूपण कला  विछुट्टै सिर्जना हो । यो कला  एकअर्कासँग मेल खानु हुँदैन ,खादैन पनि ।


छ )विविध प्रयोग

अरूपण कला   प्राय प्रयोग मुलक हुन्छ । थरीथरीका माध्यम टेक्चरहरूको प्रयोग गरिनु पर्दछ ।.


अहिलेसम्म  34 अाै पटक एकल अरूपण कला  प्रदर्शनी आयोजना भइ सकेको छ । अमेरिकामा 2018 भएको 32औं एकल अरूपण कला प्रर्दशनी सर्वाधिक सफल भएको थियो । 


वास्तवमा मनका संगति, विसंगतिहरुलाई रंगको मध्यम बाट अभिव्यक्त गरिएको हुन्छ । अरूपण कलामा समाजिक मनोविज्ञानको रुप नै अरूपण  हो ।  समाजमा घटने घटनाहरु देखि कलाकार विमुख हुँदैन । समाजका हर्ष, दुख यावत घटनाहरु उसले भोग्नु पर्दछ । ती भाेगार्इहरु विभिन्न रङको माध्यमबाट सम्प्रेषण भएको हुन्छ 




Click on the link below for more information about the artist.




About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.