Statement of artist Neer Bahadur Yakha Rai





Statement 

 म किन चित्रकार भएं म किन चित्र कोर्छु त भन्ने सामन्य उत्तर यै हो कि

प्राणिहरुमा सबै भन्दा सिर्जनशील चेतनशिल मानिस हो . त्यसैले सम्भवत उ कल्पना पनि अरु प्राणि भन्दा धेरै गर्छ. सबै मानिस सिर्जनशील चेतनशील र कल्पनाशिला हुन्छन. सिर्जना, चेतना कल्पनाको धेरै भन्दा  धेरै उपभोग गर्ने मानिस नै कि त चित्रकार, गायक, अभीनेता, चिन्तक आदि हुन्छ . सायद मैले पनि माथि उल्लेखित कुराको  अलि बढी उपभोग गरें होला त्यसैले चित्रकार भएं .अब चित्रकार भएर मैले के पाएँ के उपलब्धि भो त भन्दा अब यै हो की मैले  सामान्य मान्छेले भन्दा अलि बढी आफ्नी सिर्जनाशिलता, कल्पनाशीलता र चेतनाको उपभोग गरें र मैले आफ्नो खुशीको परिधि अलि ठुलो बनाएँ.  

अब म कस्तो चित्र कोर्छु त अर्थात  कस्तो चित्र कोर्न मन पराउँछु त भन्ने कुरा त तपाइले मेरा चित्र हेर्ने पर्छ किन मैले भनि रहनु तै पनि बाल्यअवस्थामा म धेरै दन्त्यकथा सुन्थें सुन्दै निदाउने बानि थियो .र सपना भरि त्यै कथाहरुमा खेलिरहन्थें . तिनै कथाका पात्रहरु ठाउँहरु आजपर्यान्त आँखै अघि घुमिरहन्छन . त्यसैले मलाइ बालबालिकाका चित्रकथाहरुमा चित्र बनाउन मन पर्छ ।




Click on the link below for more information about the artist.




About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.