Statement of artist Dal Bahadur Rai (DB Rai)


Statement

कला जीवनको अभिन्न अंग हो । हाम्रो समाजको ऐना हो । कला विना जिवन अधुरो हुन्छ चाहे त्यो संगीत कला होस, मूर्ति कला होस, चित्रकला होस या अन्य कुनै पनि कला होस, त्यसले मानिसलाई कुनै न कुनै रुपले प्रभाव पारी रहेको हुन्छ । कलाको माध्यम बाट सम्भता बोलिरहेको हुन्छ इतिहास बोलिरहेको हुन्छ । यदि कला नहुदो हो त हामीलाई हाम्रो सभ्यता पक्कै थाहा हुने थिएन । हाम्रो इतिहास थाहा हुने थिएन । उदाहरणको लागि हामी हेर्न सक्छौ किराँत कालिन, मल्लकालिन, लिच्छावी कालिन सभ्यता कला संग जोडिएको छ । चाहे त्यो वास्तुकला होस चाहे त्यो मूर्ति कला होस या चाहे त्यो चित्रकला होस ।

कलाको विषयमा कुरा गर्ने हो भने हामीसँग विभिन्न किसिमका कला छन जस्तो चित्रकला, संगित कला, मूर्ति कला, वास्तुकला, हस्त कला नाट्य कला आदी इत्यादी, म चही चित्रकलाको विद्यार्थीको नाताले विषेश गरी चित्रकला सम्बन्धी नै केही कुरा राख्न चाहन्छु  । चित्र कला भित्र पनि विभिन्न हाँगा विगाहरु छन् । जस्तो आधुनिक चित्रकला, परम्परागत चित्रकला, लोक कला, काटुन कला, आदी इत्यादी छन् ।

सर्व प्रथम त म ललितकला संगम प्रदेश नं. १ विराटनगरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु देशै भरि छरिएर रहेका प्रदेश नं. १ का सम्पूर्ण कलाकारहरुलाई एकै ठाउँमा जम्मा गर्ने काम गर्नु भएको छ । कलाको विभिन्न क्षेत्रमा काम गर्ने सम्पूर्ण अग्रज तथा नयाँ कलाकारहरुको सृजनालाई एकै ठाउँमा देख्न सकिने वेवसाइटको डिजाइन गर्दै हुनु हुन्छ । सायद मलाई लाग्छ प्रदेश नं. १ बाट शुरु भएको छ । मैले भन्ने गरेको छु । कुनै पनि नयाँ कामको शुरुवात प्रदेश नं. १ बाटै शुरुवात गर्नु पर्छ र शुरु भै पनि सकेको छ । हाम्रो प्रदेश नं. १ मा कुनै पनि कलाको लागि कलाकारको कमी छैन जस्तो लाग्छ । जस्तो कि मूर्तिकै कुरा गर्ने हो भने हाम्रो प्रदेश नं. १ मा एक से एक मूर्तिकार छन् । त्यसैको परिणाम स्वरुप आज यो शताप्दीकै जापानमा बन्दै गरेको बुद्धको विशाल मूर्ति धरानकै कलाहरु मन्जुल मितेरी अनि जिवन पौडयाल जस्ता हास्ती मूर्तिकारहरुले इतिहास कोर्दै छन् । मलाई गर्व लाग्छ वहाँहरु प्रति । जसरी अरनिकोले तिव्वतमा चिनमा पुगेर नेपाली कलालाई चिनाउनु भयो । आज पनि ती अरनीकोलाई नेपाली इतिहासले बिर्सेको छैन । हाम्रो प्रदेश नं. १ मा त्यस्ता धेरै जना अग्रज कलाकार ज्यूहरु हुनु हुन्छ जस्ले देश तथा विदेशमा ख्यति कमाउनु भएको छ । जो जहाँ सुकै रहेर काम गरेता पनि हामी प्रदेश नं. एक कै कलाकार हौँ । मलाई लाग्छ जसरी नेपाल एकेडेजी अफ फाइन आर्ट ले वार्षिक रुपमा राष्ट्रिय कला प्रदशंनी गर्दछ र पुरस्कृत पनि गर्दछ । त्यस्तै प्रदेश वाइज कला प्रदशंनी पनि गरिनु पर्छ जस्तो मलाई लाग्छ । हामीले कुनै पनि कलालाई जनस्तर बाटै माथि उठायौ भने अथवा जन स्तर सम्मै हाम्रो कलालाई पु¥याउन सक्यौ भने अवस्या पनि सर्वसाधरणले कलालाई नजिक बाट बुझ्न र नियाल्न सक्ने थिए । हामी धेरै जसो कलाकारहरु विदेशीको भरमा बाँच्ने गरेकाछौँ । अब हामीले विदेशीको लागि मात्रै चित्र हैन स्वदेशीको लागि पनि बनाउनु पर्छ । एउटा करोडौ रुपैया खर्च गरेर मान्छेले घर बनाउन सक्छ भने त्यसमा तीस देखि ५० हजार पर्ने चित्र या मूर्ति राख्न सक्दैन ? हामी कलाकारहरुले बहाँहरुलाई चित्रकला बुझाउन नसक्नु हाम्रो कम्जोरी ठान्नु पर्छ । हामीले प्रदेश एकलाई समृद्ध बनाउनमा हामी कलाकारहरुको पनि ठूलो हात हुन सक्छ । सम्पूर्ण कलाकारहरु एक जुट भएर प्रदेश विकाशको निम्ति लागि पर्नु जरुरी छ । जति पनि कला प्रदशनी हुन्छन् सधै राजधानीमा मात्रै केन्द्रित छन् अनि गाउँघर जिल्लाको मान्छेले कताबाट थाहा पाओस् कलाकारिताको बारेमा त्यसैले ललितकला संगमले जे गर्दे छ । राम्रै गर्दै छ भन्ठानेको छु ।

पछिल्लो समय हाम्रो प्रदश नं. १ बाट पनि धेरै राम्रा कलाकारहरुको उदय भैरहेको देखेको छु । विशेष गरेर पानी रंग मा काम गर्ने कलाकारहरुको कलालाई म नजिकबाट नियाली रहेको छु । किन की म विशेष गरेर पानी रंगमा बढी कला सृजना गरी राखेको छु । हाम्रा प्रदेश नं. १ का कलाकारहरुलाई पानी रंग या अन्य कुनै पनि माध्यममा विशेष तालिमको व्यवस्था गरियो भने अझ सुनमा सुगन्ध थपिने छ । त्यसको निम्ति प्रदेश स्तरबाट या एकेडेमीले योजना ल्याउनु पर्ने देखेको छु ।

अन्तयमा ललितकला संगम विराटनगर प्रदेश नं. १ लाई मूरी मूरी धन्यवाद दिदै मैले कला सम्बन्धि आफ्नो धेरै विचारहरु राख्न नसके पनि एक दुई शब्द राख्ने अवसर प्राप्त गरेकोमा आभारी छु ।



Click on the link below for more information about the artist.




About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.