Curriculum Vitae of artist Mukesh Mall


Curriculum Vitae 

मुकेश मल्ल                                            

जन्मः   जेष्ठ २०१० साल, धनकुटा

ठेगानाः  चावहिल, बुलबुले, पनेरु गल्ली ७१

जन्म स्थान धनकुट्टा, तल्लोकोप्चे, कोशी अञ्चल हालको हिसावमा प्रदेश नं १   

फोनः   ४४९९४३६, ९८४१२७७२३१

शिक्षाः   एम. ए (संस्कृति,प्राचीन, मध्यकालिन कला, वस्तुकला, धर्म, लिपि) जलरगं चित्रकलामा

            स्नातक, आइ. सि. एस मुम्बाइ, भारत 

इमेलः mallamukesh86@gmail.com

 

श्रीमति M ललिता श्रेष्ठ मल्ल

छोरी M श्रेया मल्ल, ज्वाइ विके शाइ 

छोरा M ऋषभ मल्ल वुहारी शालीनी झा

           

'वा M स्व खगेन्द्र प्रधानाङ्ग ( मल्ल)

आमा M स्व. नारायणीदेवी प्रधानाङ्ग

वाजे M स्व.गजेन्द्र वहादुर प्रधानाङ्ग

वजै M स्व पवित्रा प्रधानाङ्ग

वुढा वाजे M स्व भिमवहादुर प्रधानाङ्ग               

वि.स. २०४२ सालदेखि २०४६ सालसम्म शिक्षा तथा संस्कृति मंत्रालयमा कलाकारको (गजेटेट थर्ड क्लास ) रूपमा संलग्न । २०४६ साल पछि झण्डै १५ वर्ष आइ. एन. जिओ प्लान इन्टर नेसनल नेपालमा जागिरे, यसपछि जागीर छोडेर कलामा मात्रै लागि परेको । 

भिजिटिङ्ग लेक्चरर, सेन्टर अफ आर्ट एण्ड डिजाइन, काठमाडौ युनिभर्सिटि २०६२

ल्ोक्चरर फाइन आर्ट , युनिभरर्सल कलेज २०७२ 

ल्ोक्चर फाइन आटर्, विजेश्वरी फाइन आर्ट,स्कुल कलेज  २०७५ 

सभासद – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान वि.स.२०६६

सम्माननीय प्रधानमन्त्री ज्यूबाट संस्कृति तथा पर्यटन,नागरिक उड्ययन मन्त्रीको संयोजकत्वमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति र अन्य पधदाधिकारीको मनोनयकालागि गठित तीन सदस्सीय सिफारिस समितिमा सदस्य मनोनित वि.स.२०६४ ।   

कलायात्रा

वि.स. २०२५–२०३३ सालसम्म

बच्चा अवस्थादेखि कला सिर्जना र कला क्रियाकलाप शुरु भए पनि औपचारिक रूपमा कला यात्राको शुरुवात २०२५ सालमा विराटनगरको महेन्द्र मोरङ्ग क्याम्पस पढेदेखि शुरु भयो । वि.स.२०२८मा विराटनगरमा स्थपना भएको नाफा साखा ( नेपाल ललित कला संस्था ) खुलेदेखि समितिमा सम्लग्न भइ कला सिर्जना र कलाको क्रियाकलापमा तीब्र रूपले संलग्न । कलाको सिर्जना अनि कला प्रदर्शनीको आयोजना । कलाकारलाई जमघट गराउने छलफल गराउने । यतिवेला विराटनगरमा पनि त्यसतो कला वातावरण थिएन । गोपाल कलापे्रमी भन्ने कलाकार हुनु हँ'दो रहेछ । करिव २०२८ साल तिर होला काठमाडौबाट कलाकार हेम पौडेल आउनु भयो र मेलामा उनको एकल कला प्रदर्शनी भयो । त्यसै वखत मैले कलाप्रेमीलाई चिनेको हुँ । अर्का पौभा वनाउने कलाकार ध्रुव डंगोल पनि हुनुहँुदो रहेछ उनीसँग पनि परिचय भयो । पछि उनीसँगै हेम पौडयालको कागजमा गरेको दृश्यचित्र देखेपछि उनैसँग केही सिकेपछि हामी पनि गाँउ गाँउमा गएर खुवै ल्याण्ड स्केप गरियो । कला प्रदर्शनी पनि गर्न थालियो । त्यतिवेला विराटनगरमा साहित्यको चाँहि खुवै माहोल थियो । अशेष मल्ल, प्रमोद प्रदान, विष्णु विभु घिमिरे , नारायण तिवारी, इन्दीरा प्रसाइ, महेष प्रसाइ, रमेश तुफान, कृृष्णभुषण वल, देवकुमारी थापा, वालकृष्ण पोखरेल आदी थुपै्र साहित्यकारहरू थिए । प्रसस्तै कवि गोष्ठि हुने गर्दथ्यो । त्यसवखत मैले पनि खुबै कविता र कथाहरू ल्ोखे । तर मैले कहिले पनि पुरस्कार पाएको चाहि थाहा छैन । त्यसवखत भएको कला प्रदर्शनीमा चाहि सधै जसो नै पुरस्कार पाउने गर्दथे । त्यसवखत पुरस्कारको राषि ५० वा १०० रुपैया सम्म हुन्थ्यो । त्यो पैसा हामीलाई धेरै ठुलो पैसा हुन्थ्यो । किनकि त्यवखत २५ पैसामा सिनेमा हेर्न पाइन्थ्यो । विराटनगरमा हाम्रो पुख्र्यौली जुत्ताको पसल, टोपि वनाउने फेक्टरी , जुत्ता वनाउने फेक्टरी थियो । यसै व्यावपारमा पनि म सम्लग्न थिए । विराटनगरमा कमर्समा ग्राजुयसन गरिसकेपछि मैले धरानको हाम्रै पसललाई हेर्न पर्ने भयो र म धरान गएर वसे । पहिले देखिने धरान विराटनगर गरिहन परेपनि त्याही गएर वस्न थालेको चाहि ३१, ३२ साल तिर होला । त्यसवखत धरानमा चाँहि कलाको साहित्यको वातावरण थियो विराटनगरको तुलनामा । यसपछि ३२ सालतिर उपेन्द्रसँग भेट भयो । हुलाकको हाकिम उपेन्द्र पागल कलाकार हुनु हुदो रहेछ त्यसवखत हुलाक अफिस र मेरो जुत्ता पसल सँगै टाँसेकै थियो । उनीसँग  परिचय भएपछि हामी दुवै मिलेर कला सिर्जना गर्ने गर्न थाल्यो । अलि पछि हामीले सल्लाह गरेर कलाको एक सस्था खोल्ने निधो ग¥यौ  र यसवेलाा यूवा कला केन्द्र भन्ने सस्था ०३३ साल तिर खोलियो । सम्भवत उपत्यका वाहिर कलासस्थाको रुपमा यही नै पहिलो होला । यसैवेला काठमाडौमा चाही योङ्ग आर्टिस्ट ग्रुप खोलिएको थियो । घर घरमा कलाकारहरू खोज्दै जान थाल्यौ । पोखरामा पुरानी शिल्पी समुह थियो । हामी भन्दा पाको कलाकारमा श्री शुव्वा र कर्ण मास्केसँग सम्पर्कमा आइयो । दुबैले कला गर्न छोडेर अन्य व्यापार गरेर वसेका रहेछन् । श्री शुव्वा साह्रै राम्रो कलाकार हुनुहँुदो रहेछ । मुम्वाइको जे जे स्कूल अफ आर्टबाट कलामा स्नातक गरेर फर्कनु भएको । हामीले वहाँलाई सस्थाको अध्यक्ष वस्न आग्रह ग¥यौ । उहाले मान्न नै भएन र अन्तमा कर्णमास्के अध्यक्ष वने म महासचिव र उपेन्द्र उप–महासचिव भइ अन्य कलाकारमा रमेश राइ, राम मार्सेली, गोपाल शाक्य आदी वनाइ सिडियो कार्यलयमा गइ सस्था दर्ता गरियो । यसैवेला नाफाबाट हुने राष्ट्रिय कला प्रदर्शनीको लागि पुवाञ्चलका कलाहरू वटुलेर काठमाडौ पठाइदिने गर्न थालियो हामीले छानीवरी पठाएपछि नाफाबाट पुन छनोट गरिदैनथ्यो । यस्तै प्रावधानको लागि पहिले नै सम्झौता भएको थियो । मोफसलको कलाहरु अलिकता कमजोर भएपनि राख्नै पर्ने हाम्रो जिद्लाई नाफाले मानेको थियो । कलाकृतिहरू फर्काउने काम र खर्च नाफाले नै वेहोर्ने गर्दथ्थो । यतिसम्म चाहि झगडा गरी गरी यसो गर्न वाध्य पारेको थिए ।       

वि.स.२०३३ सालदेखि २०४० सालसम्म

आफ्नै सक्रियतामा वि.स. २०३३मा पूर्वाञ्चलको धरानमा ललितकला सम्वन्धि कला संस्था युवा कला केन्द«को स्थापना गर्नुको साथै यसको संस्थापक महासचिवको रूपमा कार्य गरेको । सम्भवत काठमाडौ उपत्यका वाहिर कलाको पहिलो संस्थाको रूपमा रहेको यो कला संस्थाबाट गरिएका मूख्य मुख्य कामहरू

संस्था मार्फत पूर्वाञ्चलका कलाकारहरूलाई एक गुठमा बाँध्ने

·         हरेक महिना समूह कला प्रदर्शनीको थालनी

·         एकल कला प्रदर्शनीको थालनी

·         काठमाडौंका कलाकार र कला सस्थासँग सम्पर्क

·         संस्था मार्फत पहिलोपल्ट पूर्वाञ्चलका कलाकारको कलाहरू राष्ट्रिय कला प्रदर्शनीमा सहभागी गराएको ।

·         युवा कला केन्द«लाई काठमाडौमा रहेको नाफा सल्लाहकार समितिमा मनोनयन

·         भारतको कालिम्पोङ्गमा पुर्वाञ्चल कलाकारहरूको कला प्रदर्शनी

·         कलाको पहिलो कला पत्रिका “कला”को  सम्पादन २०३५देखि २०३७ सालसम्म

·         उपत्यका बाहिर पहिलोपल्ट राष्ट्रिय स्तरको राष्ट्रिय कला प्रदर्शनी

·         पूर्वाञ्चल प्रतिनिधि संस्थाको रूपमा काठमाडौंका धेरै कलाकारहरू कला कार्यक्रमहरू आयोजना सहयोग गरिएको, नाफाको पुर्वाञ्चलको कलाको कार्यक्रमको आयोजना गर्ने गरेका

यूवा कला केन्दबाट सम्भवतः महिनाको दुइ वटा कार्यक्रम हुन्थ्यो होला । कारण के रह्यो भने यसैबीच काठमाडौबाट लैनसिह वाङ्देल र मोहन कोइराला धरान आउनु भएको थियो । कलामा शोध गर्ने कार्यक्रम अनुसार हामी उहाँसँग वराहक्षेत्र पनि गयौ र कलाका धेरै ज्ञानगुनका कुरापनि भयो । मूल कुरा त लैनसिह वाङ्देलले क्यानभास वनाउनु सिकाउनु भयो पछि वहा फर्केर जानुभएपछि विशेष गरेर उपेन्द, मेरा र कर्ण मास्केको दैनीक कार्यक्रम नै उपेन्द्रकहाँ वसेर क्यानभास वनाउनु थियो । पछिल्लोकालमा आएर कलाकारहरू सिसीर योञ्जन, भीम शुव्वा, गोपाल थापा, रण वहादुर थेगिम आदी पनि हाम्रो समुहमा गासिएपछि थुप्रै क्यानभास बन्न थालेको हो । र कलाहरू पनि धेरै नै वन्न गयो अनि प्रदर्शनीे अनुकुलता कसरी वन्न गयो भने धरान नगरपालीकाको  प्राङ्गणमा रहेको मोति भवनको साँचो चाहि मेरो गोजि मै हुन्थ्यो । रामरी हेक्का चाहि भएन यो साँचो कसरी मै कहा रह्यो । तर कलाहरू थुप्रो भएपछि र हलको समस्या नभइपछि कला प्रदर्शर्नी गर्न गाह्रो भएन । काठमाडौका धेरै कलाकारहरू पत्रहरुद्वारा सम्पर्क गरियो, कलाहरू मगाइयो । त्यवखत पुर्वाञ्चलका १०० भन्दा बढी कलाकारहरुलाई जम्मा गरियो होला ,राष्ट्रिय स्तरको नेपाल भरीको कलाकारलाई वोलाएर आउट डोर ल्याण्डस्केप कार्यक्रम पनि गरियो नाफा सँग मिलेर । नाफाबाट ठूलो विरोध हुदा पनि प्रतियोतात्मक राष्ट्रिय कला प्रदशनी पनि गरियो । विशेष गरेर काठमाडौबाट ठूलोमात्रमा कलाकृति आएको थियो । कृष्ण मानन्धर, वैकुण्ठ मान श्रेष्ठलाई जुरीमा राखेर पनि कलाको छनोट गरियो पुरस्किृत कलाकारहरुलाई पुरस्कार काठमाडौमा आएर वितरण पनि गरियो । यस्तै थुपै ्रकाम गरियो होला कला पत्रीका पनि मेरै सम्पादनमा निकालियो । तीन अंक सम्म निकालिएर छ । पछि वुझ्दा कलाको यही नै पहिलो कला–पत्रीका वन्न पुगेछ । २००८ सालमा सत्यमोहन जोशीले निकाल्नु भएको पत्रिकामा साहित्यका अन्य लेख रचना पनि थियो विजय थापा लगाएतले निकालेको पत्रिकामा साहित्य र संगीत पनि गाँसिएको थियो शशी तुलाचनको त्यतिवेलाको कला पत्रिका मैले देखेको छइन । नाफाले निकालेको कला पत्रिका चाहि नाफाको मूख पत्रको रुपमा थियो । नाफाको कला पत्रिका कै रुपमा चाहि नारायण वहादुर सिहको सम्पादन पछि २०३७ सामा मात्र निस्केको हो ।    

यसैवेला कला सस्थावाहेक अन्य सस्थाहरू जस्तै रेयूकाइ धरानको सह सचिव, महासचिवमा  धरान जेसीसमा महासचिव र का का उपाध्यक्ष , सून्सरी साहित्यक प्रतिष्ठानमा का का सदस्य, परिवार नियोजन संघमा का का सदस्य आदी वनी धेरै कार्यक्रमहरू सञ्चालन गर्न अवशर जु¥यो ।  

२०४० देखि हालसम्म

·         वि.स. २०४० सालमा काठमाडांै आगमन, एकल कला प्रदर्शनी गर्न र यसपश्चात काठमाडौमा बसोबास ।

·    वि.स. २०४२ सालमा भएको कलाकारहरूको पहिलो विशाल भेलाबाट स्थापित कलाको पहिलो राष्ट्रियस्तरको कला संस्था “नेपाल कलाकार समाजमा निर्वाचित का. का. सदस्य भइ कलाका नौला कार्यक्रमको संयोजनहरू गरेको ।

·         वि.स. २०४४मा कलाकार समूह “क्यानभास”को अध्यक्ष भइ कला र साहित्य र अन्य विधाहरूसँग मिलेर कलाका कायक्रमहरू गरेको ।

·         वि.स. २०४५ सालमा राजकिय प्रज्ञा प्रतिष्ठानमा भएको अर्को विशाल कलाकार भेलामा गठन भएको “नेपाल ललितकला कार्य विकास समिति” (एक्सन कमिटि) मा सदस्य–सचिवको रुपमा मनोनयन भएको  र यसबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लागि गरिएको आन्दोलनमा सक्रिय रूपमा सम्लग्न ।

·   वि.स. २०४६ देखि २०५६ सम्म सालमा नेपाल कलाकार समाजको पूर्नगठन, नयाँ कार्य समितिमा निर्विरोध निर्वाचित महासचिवमा । यसबाट कलाका राष्ट्रिय स्तरका कार्यक्रम, ललित कला एकेडमी स्थापनार्थ कार्यक्रमहरूमा सक्रिय ।

·         वि.स.२०६२÷६२को लोकतन्त्रको आन्दोलनमा कलाकारको तर्फबाट सहभागिता,विभिन्न कलाकार्यशालामा सम्लग्न भइ जन आन्दोलनलाई सहयोग गरेको । सडक सडकमा वसेर चित्रहरू वनाइ विक्रि गरी आन्दोलनका घाइते भएकाहरुलाई आर्थिक सहयोग गरेको । । 

·         वि.स. २०६७ मा गठित कलाकारको समुह सट्कोणमा अनुसन्धान संयोजकको रूपमा सफलतापूर्वक कलाको अत्याधुनिक  Future of history कार्यक्रम सम्पन्न गरेको । 

नेपाल कलाकार समाजबाट गरिएका मुख्य कामहरू

·         नेपालमा पहिलोपल्ट राष्ट्रिय स्तरको कलाको संस्था नेपाल कलाकार समाजको विधिवत दर्ता ।

·         ललित कला एकेडेमी स्थापनार्थ बैठक, सेमिनार डेलिगेसन आवश्यक क्रियाकलापहरू

·         सेमिनारद्वारा नेपाल ललित कला एकेडेमिको प्रारूप तयार र तत्कालिन श्री ५ को सरकारलाई तत्कालिन प्रधानमन्त्री सम्माननीय कृष्ण प्रसाद भट्टराईलाई विधिवत पेस गरेको ।

·         तत्कालिन मन्त्रीमंडलमा ललितकला एकेडेमी गठनको लागि छलफल गर्न कलाकार टोलिको सदस्य सचिव भइ कार्य गरेको ।

·         कलाको विकासको लागि धेरै कलाका आन्दोलनहरूको संचालन ।

·         राष्ट्रिय कला प्रदर्शनीको आयोजना

·         बंगलादेशमा भएको अन्तराष्ट्रिय कला प्रदर्शनीमा ( एसीयन वायोनाले कलाप्रदर्शनी ) सहभागीता टोलीको नेतृत्व गर्दै वंगलादेशको राजधानी ढाका प्रस्थान, नेपाली समसामयिक कलामा कार्यपत्र प्रस्तुत

·         समुहगत कला प्रदर्शनीको आयोजना

·         अन्तराष्ट्रिय कला प्रदर्शनीहरूमा नेपाली उत्कृष्ट कलाहरूको छनौट गरी सहभागी गरेको,         कला प्रदर्शनीहरू ।


समुहगत कला प्रदर्शनीहरूमा मेरो सहभागिता

·         २०३० सालदेखि नाफाबाट आयोजित राष्ट्रिय कला प्रदर्शनी लगाएत सयौ समुहगत कला प्रदर्शनीहरूमा भाग लिदै आएको ।

·         नाफाबाट आयोजित राष्ट्रिय कला प्रदर्शनीमा वि.स. २०३४ सालदेखि निरनतर रूपमा सहभागीता गर्दै आएको

·         वि.स. २०४८मा भएको बंगलादेश ढाकामा भएको एसिएन वियनालेमा टोलीको नेतृत्व गर्दै सहभागीता, कलाकारको रूपमा सहभागीता अनि नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत 

·         भारतको कालिम्पोङ्गमा समुह कला प्रदर्शनीको आयोजना र सहभागीता

 

कलाकार्यशालामा सहभागीता

·         सुत्रबाट आयोजित ओशो तपोेवनमा भएको “प्रकृतिसँगको अंकमाल” अत्याधुनिक कलाकार्यशाला, रेसिडेन्सीयल, आठ दिन । सन् २००३मा

·         नेपाल कमर्सियल कलाकार संघको आयोजनामा भएको राष्ट्रिय कलाकार्यशाला, धुलिखेल, काभ्रे ।

·         चलचित्र नुमाफुङ्गमा आधारित  कलाकार्यशाला

·         गुरुकुल ( नाट्यसंस्था ) कला कार्यशाला ( लोकतन्त्र आन्दोलनको सर्मथनमा ) वि.स. २०६२–६३

·         सर्वनाम (नाट्यसंस्था ) द्वारा भारतको हैदरावादमा भएको सडक नाटक प्रदर्शनमा नाटक भित्रै कलाको सिर्जना वि.स. २०६८ मा र कलाकारको रुपमा पनि अभिनय गरेको ।

·         लोकतन्त्र कलाकार्यशाला, गोंगवुको सडक र चोकमा

·         नेपाल कलाकार समाजको आयोजनामा भएको लोकतन्त्र कलाकार्यशाला,

·         सूत्रबाट आयोजित सिरामिक कार्यशाला,

·         सिद्धार्थ कला ग्यालरीको आयोजनामा भएको ढोका कलाकार्यशाला

·         व्ुाद्ध जयन्ती समारोह समीति द्वारा आयोजित बुद्ध कलाकार्यशाला

·         पार्क कला दिर्घाबाट आयोजित  रामानन्द स्मृति कला कार्यशालार्

·         सर्वनामद्वारा आयोजित नाटक र कला कार्यशालामा कलाकार्यशाला, छलफल विमर्श, कला प्रदर्शनीको संयोजक र कलाकारको रूपमा संलग्न धनगडी, पोखरा, नारायणगड, काठमाडौ., धरान

·         म्हिला कलाकार समूह वागन र आर्ट सप द्वारा आयोजित वाडी पिडितका सहयोगार्थ कला कार्यशालामा सहभागीता 

·         लेप्रोसी आर्ट ओर्कसप , आनन्द वन, लेप्रोसी मिसन नेपाल

·         कलागुठी कार्यशाला  

·         महिलाको भूमिका कला कार्यशाला, वागन

·         पर्यटन कलाकार्यशाला 

·         सदभाव कला कार्यशाला , नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

·         अपाङ्गकला कार्यशाला

·         आर्ट काउन्सील कला कार्यशाला

·         हिस्ट्री अफ फ्यूचर, सन्दर्भ रातो मत्स्येन्द्रनाथ, कलाकार्यशाला षडकोण, २०१०

·         सिद्धिचरण स्वर्ण जयन्ती कविता चित्रकला कार्यशाला २०११

·         यस्तै अनगिन्ती कला कार्यशालामा हालसम्म भाग लिदैआएको । हालसम्म अनगिन्ती रुपमा कार्यशालामा भाग लिएको । 

 

एकल कला प्रदर्शनी

·         हालसम्म धरान, धनकुटा, पोखरा, काठमाडांै गरेर १४ पटक एकल कला प्रदर्शनी गरिसकेको ।

कला लेखन र कला समीक्षा  

२०३० सालदेखि कला लेखन शुरु । पूर्वाञ्चल साहित्य पत्रिकाहरूमा प्रकाशित पछि काठमाडांै आएपछि २०४० सालदेखि साप्ताहित समाचार पत्रिका साप्ताहिक मंच, विमर्श, गोरखापत्र, अक्षर, विश्व भाषा, साहित्यिक पत्रिका गरिमा आदिमा निरन्तर लेखन कला स्तम्भकारको रूपमा

·         २०४० देखि मधुपर्क,प्रज्ञा, तीसा, ,कलाकार, आदि पत्रिकामा विशेष गरेर कला समीक्षात्मक लेखहरू निरन्तर प्रकाशित ।

·         हाल यता आएर कान्तिपुर, गोरखापत्र, गरिमा, मधुपर्क, प्रज्ञा, शारदा, हिमाल, समकालीन साहित्य, भृकुटि आदिमा कला समीक्षात्मक लेख निरन्तर प्रकाशन ।

·         कला सम्बन्धी कला बुलेटिन क्यानभासमा काठमाडौमा हुने हरेक कला प्रदर्शनीको समीक्षात्मक लेख कला स्तम्भकारको रूपमा सक्रिय, अन्य कला पत्रिका ललित र कलाकर्मी,कला , आकृति भृकुटि, ललित कला पत्रिकालगाएत दर्जनो साहित्यीक पत्रिका मा नियमित कला लेखन ।

·         CASA, SPAIN, यूरोप कोलागि नेपाली समसामयिककलाको इतिहासमा विशेषलेख तयार गरेको । 

 

 

प्रकाशित कला पुस्तकहरू

          तुलिकाघात ( स्व. चन्द«मानसिंह मास्केदेखि उत्तम नेपाली, शशी विक्रम शाह, रामानन्द जोशी आदिको सहवार्ताको संगालो , २०५२ सालमा साझाबाट प्रकाशित )

२      चित्रकला निरूपण ( २०४० साल र पछि २०४५ सालमा लेखिएका कला समीक्षात्मक लेखहरूको संकलन २०६१मा प्रकाशन )

३      नेपाली आधुनिक कलाको समकालिन सन्दर्भ ( नेपालका प्रमूख समसामयिक कलाकारहरू लैनसिंह बाङ्देलदेखि उत्तरआधुनिक कलाका प्रयोक्ताहरू समेतका कला समीक्षात्मक लेखको संकलन २०६१मा प्रकाशित )

४      आधुनिक कला अर्थ प्रक्रिया र भाषा ( आधुनिक कलाको परिचय, अर्थ आदिदेखि आधुनिक कलाको विकास, विविधवाद र उत्तरआधुनिकको व्याख्या र वादहरू २०६२मा प्रकाशित )

५      उत्तरआधुनिक नेपाली कलाको अभिलेखन वि.स. २०६६ मा प्रकाशित ( दशवर्ष सम्म नेपाली उत्तराधुनिककलामा अनुसन्धान गरेर लेखिएको पुस्तक ) आरोहन गुरुकुलबाट प्रकासन

६      रामानन्द जोशी,नेपाली कलामा नेपालीपनको प्रारम्भ विन्दु वि.स. २०६७मा प्रकाशित, पार्क कला ग्यालरीबाट प्रकासन  

७      हेम पौडेल र उनका अविरल कला यात्रा  वि.स. २०६८मा प्रकाशित

८      History of future वि.स. २०६९ मा प्रकाशीत ( सयूक्त लेखन )

९      A concise introduction to Nepali modern sculpture ( सयुक्त लेखन )२०७० नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानबाट प्रकासन

१०     उत्तरआधुनिक कलाको सेरोफेरो २०७०, नेपाल लतिकलाप्रज्ञा प्रतिष्ठान बाट प्रकासन

११     नेपाली समसामयिक मूर्तिकलाको ऐतिहासिक रुपरेखा  २०७५, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानबाट प्रकासन

१२    उत्तम नेपाली, आधुनिककलाको वलियो स्तम्भ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, प्रेशमा छापिदै ।     

 

प्रकाशोन्मूख कला पुस्तकहरू

 

१      सात समसामयिक कलाकारहरू       

२      नेपाली आधुनिक कलाको इतिहास

३      नेपाली मैथिलि कला

४      Nepali culture residency out put – history of women artist of Nepal

५      नेपालको प्राचीन चित्रकला

सम्पादन कला पत्रिका

 

कला  – सम्पादक

ललित – सल्लाहकार

क्यानभास – सल्लाहकार

सिर्जना – सल्लाहाकार

 

 

सदस्य निर्णायक मण्डल

 

·         अमात्य कला प्रतिभा पुरस्कार  सन् २०१० ( २०६७ माघ ९ गत ) स्पेक्ट्रम

·         राष्ट्रिय ललितकला प्रदर्शनी  नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान सन् २०११

·         रामानन्द पुरस्कार  पार्क ग्यालरी सन् २०१३

·         राष्ट्रिय ललितकला प्रदर्शनी सन् २०१५

·         राष्ट्रिय ललितकला प्रदर्शनी वि.स.२०७४

·         कमर्सियल आर्टिष्ट संघद्वारा दिइनेविभिन्न पुरस्कारहरू

·         अन्य दर्जनौ स्थानीय राष्टिृय पुरस्कारहरू

 

कार्यपत्र प्रस्तुत

 ·         Nepali contemporary art and artist of Nepal , 4th Asian Art Biennale Bangladesh1991,  Dhaka, Bangladesh by Silpokala Academy,

·         समीक्षात्मक टिप्पनि राष्ट्रिय कला प्रदर्शनी –नेपाल कलाकार समाजको आयोजनामा , २००५

·         कला समीक्षाको औचित्य र महत्व –नेपाल कलाकार समाजको आयोजनामा  , २००७

·         कन्टेम्पोररी आर्ट डाइरेक्सन द न्यू जनेरेसन आर्ट टेकिङ्ग , सुत्रको आयोजनामा  २००५

·         कला समीक्षाको इतिहास र कला विकासमा यस्को महत्व, सुत्रको आयोजनामा  २००७ 

·         उत्तरआधुनिक कला सन्दर्भ नयाँ नेपाल, इभोलुसन रीभोलुसन सुत्र कार्यशालाको आयोजनामा  २००८

·         नेपाली समसामयिक कलामा उत्तरआधुनिक प्रवृत्ति , पार्क ग्यालरीको आयोजनामा  २००८

·         नेपाली कलामा कलासमीक्षाको औचित्यतता , लजनाको आयोजनामा ,मार्टिन चौतारी २००८

·         कला र वास्तुकलाको कोल्यावोरेसन, सूत्रको आयोजनामा ,शिद्धार्थ कला दिर्घा २००८

·         उत्तरआधुनिक कला  कलाक्रान्तीको आयोजनामा  काठमाडौ २०१०

·         नेपाली कलाकार्यशाला परम्परा,चरित्र,प्रभाव र सिर्जित कृतिको समीक्षा

·         सद्भाव कलाकार्यशाला २०६७ , नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानको आयोजनामा २०१०

·         कलामा नेपालीपन जरुरत छ ? समीक्षात्मक कार्यक्रम, काठमाडौ कन्टेम्पोररी आर्ट सेन्टरको आयोजनामा  २०१० 

·         हिस्ट्री अफ फ्यूचर, सन्दर्भ रातो मत्स्येन्द्रनाथ, षडकोणको आयोजनामा , २०१०

·         Asian contemporary art , new realities new space , Dhaka Bangladesh, 14th Asian art biennale Bangladesh 2010 ,by  Shilpa Kala Academy , Bangladesh  2010  

·         Dream vs creation  sculptor workshop ,by  Nepal academy of Fin e Art , 2012

·         समीक्षात्मक कार्यक्रम बसन्त महिला कला प्रदर्शनी , नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा  २०१२ 

·         समीक्षात्मक कार्यक्रम नेपाली वास्तुकला मेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा  द्दण्ज्ञद्द

·         टिप्पणिकार समीक्षात्मक कार्यक्रम राष्ट्रिय लोक कला प्रदर्शनी  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान को आयोजनामा द्दण्ज्ञद्द

·         हिस्ट्री अफ फ्यूचर,२ सन्दर्भ  २०६७ देखि ०४५ सम्मको कलागत र साहित्यगत प्रवृत्ति र आजको सन्दर्भमा यस्लाई पुर्नव्याख्या  २०१२

·         मिथिला कला आजको सन्दर्भ , मिथिला ग्यारी ऐ को आयोजनामा २०१२ 

·         print art and quality, presentation and discourse with art students fine art campus and gallery newa chhen   2012  

·         Art education base on issue talk program , organized by Bijeshori higher secondary school, fine art section 2012   

·         Emergence of modern Art of Nepal, organized by Park Gallery 2013   

·         Art talk 2nd Kathmandu international Art festival 2012 organized by sidhartha Art foundation 2013

·         Issue base Art talk – everybody talks postmodern why ? organized by M3 quibe gallery lalitpur 2013 .

·         Rediscovering the Legend – Narottam Das Shrestha , powerpint presentation of collection of painting organized by Nrotam Das Indira Devi shrestha Guthi, Sidhrtha Art Gallery 2013 

·         Return to nature , tribute to late Ramanada Joshi , history of water color painting and open air painting , organized by park gallery 2013   

·          Nepali contemporary art vs pokheli cpntemporary art, organized by J K art musiam, pokhara  2014   

·         विश्व कला परिवेश र नेपालको सन्दर्भ  आयोजक ललितकला क्याम्पस , स्नातक तहका अन्तीम वर्षका क्षात्र क्षात्राबाट द्दण्ज्ञद्ध

·         performance art  organized by M cube art gallery 2015   

·         art and social environment ( social Context) as a presenter and moderator , Arupen research center 2015

·         ultra modern art ( post modern art ) ppt presentation and moderation on planning process . Nepal academy of Fine Art  2016

·         समीक्षात्मक गोष्ठि, ज्योति विक,नवीन सुवेदी,वीशाल सरु मगर, २०१६  

·         Nepali art : modern perspective, ppt presentation, Moscow, and sent Petersburg ,  Russia . organized by NRN Russia, Nepal embassy, Moscow, park gallery . 2016   

·         नेपाली पर्फमेन्स कला, प्रवृत्ति र इतिहास , पोखरा,नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान ,२०७४ 

·         पोखरेली कलाकार ,कलाकार कला समीक्षक मुकेश मल्लसँग ,समसामयिक कलाको सन्दर्भ, पोखरा २०७५

·         धरानका कलाकार ,कलाकार कला समीक्षक मुकेश मल्लसँग ,समसामयिक कलाको सन्दर्भ, धरान  २०७५

·         appreance of light , legend Padmashambhaba , Devina art,Kahmandu 2019

·         न्ोपाली समसामयिक कला समस्या र समाधान ,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान २०७६काठमाडौ

·         न्ोपाली समसामयिक कला र स्थानीय कला समस्या र समाधान ,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान २०७६ विरगजं

·         इन्स्टलेसन आर्ट । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,काठमाण्डौ २०७६

·         नेपाली परम्परागत शिल्प , नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, २०७६ 

·         समसामयिक कला अभ्यास र कला पे्रम, कला चिन्चन , why we are talking post modernism, २०७६ , हामी कलाकार गैडाकोट , नवलपुर

·         why we are talking post modernism, वुटवल २०७६

·         why we are talking post modernism, तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठान ,तिलोत्तमा नगरपालिका , वुटवल २०७६

·         समसामयिक कला माथिको विचार विमर्ष , एभरेष्ट आर्ट फयूजन, पथरी मोरंग, २०७६

·         कला माथिको वहस ,भोग इन्टेरीयर, विराटनगर, २०७६

·         line of thought, challenges of art writing  in Nepal, KU art and design 2020  

·         Discourse on art , vogue interiors , lalitkala sangam bebak darshan pratisthan  at biratnager 2020

·         उत्तर आधुनिक कलामाथि सम्भाषण । readers Nepal ,dehi art kakarbhitta  at kakrbhitta 2020

·         online talk on nepali art writing , sofaj

 

 

'रस्कार र सम्मान          

·         पुर्वाञ्चल क्षेत्रिय स्तर र राष्ट्रिय स्तरमा कला सिर्जनामा पुरस्कारहरू

·         ३० वर्ष कला सिर्जना र कला समीक्षामा योगदान गरेवापत एपेक नेपालद्वारा सम्मान पत्र २०६१   

·         कला क्षेत्रमा योगदान गरे वापत धरान नगर पालिकाबाट धरान महोत्सवको अवसरमा कदर पत्र (२०५५)

·         गत ३० सालदेखि कला समीक्षामा योगदान गरे वापत अमात्य कला प्रतिभा पुरस्कार २०६२,

·         क्रियाशील उत्कृष्ट कला समीक्षक  २०६२( Art critic of the year 2062 ) नेपाल कलाकार समाज

·         उम्मेदवार छनोट समीतिमा कला समीक्षकको रूपमा संलग्न, राष्ट्रिय मानव अधिकार आयोग २०६२

·         कला समीक्षकको रूपमा दुइ  दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत, कलाप्रदर्शनीमा जज,

·         धेरै कला प्रदर्शनीहरू अनि साहित्य कार्यक्रमहरूमा पुरस्कृत

·         यूनिरभरसिटि ग्रान्ट कमिसन बाट वृद्वतवृत्ति प्राप्त, नेपालको आधुनिक कलाको संम्क्षिप्त इतिहास” अनुसन्धानमूलक लेखनको लागि २०६५ 

·         स्रष्ठा सम्मान २०६५ ,स्रष्ठा चैत्र ३०

·         नेपाल सरकारबाट पहिलो गणतन्त्रमा राष्ट्रिय मानपदवी प्रवल जनशेवा श्री चौथौ, २०६७  

· Letter of Apreciation 2013 Gallary  Mcube

·         राष्ट्रिय ललितकला लेखन पुरस्कार, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, २०६८

·         न्ोपाल सरकारबाट लेटर अफ अनर सम्मान पत्र , २०१४

·         नन्दादेवी खनाल आर्ट क्रिटिक्स स्पेसल एवार्ड २०७१

·         गैर आवसीय नेपाली संघ,रसीया बाट सम्मान पत्र २०१६

·         ललितकला पुरस्कार २०७५ , पोखरेली यूवा सास्कृतिक परिवार ,पोखरा 

·         सृजना चौतारी सम्मन पत्र २०७६, एभरेष्ट आर्ट फ्यूजन, सि एम कन्दङ्वा कोष , पत्थरी शनीश्चरे, मोरङ्ग,

·         कदरपत्र नेपाल कर्मशियल आर्टिष्ट संघ २०७५

·         certificate of Honor 2018 Pagoda Group , kath,amdu     

 

कला संस्थाहरूमा सम्लग्न

·         युवा कला केन्द« धरान ०३३ सालदेखि संस्थापक महासचिव

·         नेपाल कलाकार समाज २०४२मा संस्थापक का. का. सदस्य, यसपछि महासचिव २०५७ सम्म

·         नाफा ( नेपाल ललित कला संस्था ) सदस्य २०३३ सालमा

·         २०४४ सालमा क्यानभासको अध्यक्ष

·         २०४७मा ललितकला एक्सन कमिटिको सदस्य सचिव

·         सल्लाहकार, भक्तपुर कला परिषद, २०६३

·         सल्लाहकार, युवा कलाकेन्द्र, धरान २०६४ 

·         सल्लाहाकार विजेश्वरी उच्च माध्यामिक स्कूल, ललितकला संकाय  २०६९

  

अन्य संघ संस्थामा सम्लग्नता

रेयुकाई धरान उप सचिव ÷सचिव  २०२९, २०३०

धरान जेसिसमा उपाध्यक्ष, महासचिव का. का. उपाध्यक्ष २०३५,२०३६,२०३७

सुन्सरी साहित्य प्रतिष्ठानमा का. का. सदस्य, २०३४

परिवार नियोजन संघ, धरानमा का. का. सदस्य, २०३४



Click on the link below for more information about the artist.

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.