Biography of artist Bikram Shree


Biography 
ललितकला क्षेत्रको उत्थानका लागि लामो समयदेखि अनवरत रुपमा लागिरहेका अथक सर्जकको नाम हो – विक्रमश्रि । करिब तीन दशकदेखि चित्रकला, मूर्तिकला, वास्तुकला र रङ्गमञ्चका विधामा उत्तिकै सक्रीय बहुमुखी प्रतिभाका धनी विक्रमश्रि पूर्वी नेपाललाई आफ्नो कर्मथलो बनाएर सृजनारत छन् ।
भोजपुर जिल्लाको टेम्के मैयुममा आमा रेणुका र बुबा भद्रकाली तिमिल्सिनाको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका श्रि आफ्नो परिवारसँगै सानैमा तराई झरेपछि धरान, विराटनगर र अध्ययनको क्रममा कलकत्तामा आफ्नो बाल्य र किशोर काल बिताउँदै हाल सुनसरी जिल्लाको रमणीय शहर इटहरीमा सिर्जनारत छन् । 
ललित कलाको विकास तथा सम्वद्र्धनका लागि कलाश्रि प्रतिष्ठान, काव्यवाटिका, पूर्वाञ्चल ललितकला प्रतिष्ठान, इटहरी मेट्रिक्स र आरम्भ नाट्य डबलीजस्ता कलागत संस्थाहरुमा सम्बद्ध रहदै आएका श्रि तत्ससम्बन्धि कलाक्षेत्रका कुशल प्रशिक्षकसमेत हुन् र उनले चित्रकला, मूर्तिकला, रङ्गञ्चसम्बन्धि प्रदर्शनी, गोष्ठी, सेमीनार, अन्तक्र्रिया र कार्यशालाहरु प्नि सञ्चालन गरिरहेका छन् ।
कला कार्यशाला लिएर पूर्वी नेपालमा घुमेका विक्रमश्रिले ‘मेची–महाकाली–मेची’ तीन महीने कला सांस्कृतिक जागरण राष्ट्रिय अभियान–२०५४ सञ्चालन गर्नुका साथै काव्यवटिका इटहरीमा २ वर्षसम्म मूर्तिकला कार्यशाला सम्पन्न गरेका छन् । ८ वर्षसम्म बालबालिकाको निम्ति निरन्तर निःशुल्के कार्यशाला सञ्चालन गरेका श्रि पूर्वाञ्चलमै पहिलो बालमैत्री स्कुल सेतो बंगलाका संस्थापक अध्यक्ष पनि हुन् ।
प्रदेश नं. १ को प्रतीक चिन्ह निर्मार्ता विक्रमश्रिका मूर्तिकला देशभित्र मात्र नभएर भारत, फिलिपिन्स र कोरियालगायत विभिन्न देशहरुमा स्थापित छन् । वनस्पति र चराचुरुङ्गीहरुसँग रमउने प्रकृतिपे्रमी श्रि ठूलो आकारका मूर्ति बनाउन खप्पीससर्जक हुन् । हाल श्रि आफूद्वारा सञ्चालित २ बिघाको क्षेत्रफल रहेको इटहरी मेट्रिक्समा आफ्ना १३ सदस्यीय सहकर्मी हरुसँग शालिक तथा मूूर्ति निर्माणका साथै चित्रकला र रङ्गमञ्चका कार्यहरुमा व्यस्त छन् ।
  कसैसित दान–दातव्य नलिई आफ्नै श्रममा निर्भर रहदै निःस्वार्थ सामाजिक कार्यसमेत गरिरहेका उनी सामाजिक कार्यमा लाग्दा आफ्नो घरजग्गा लिलाम भई विस्थापितसेत हुन पुगेका थिए । हाल उनलाई उनको आफ्नो शान्ति निकेतन इञ्जिनीयरिङ कन्सल्टेन्सीले आर्थिक रुपमा भरथेक गर्दै आएको छ । 
विक्रमश्रि पर्यटकीय क्षेत्रका परिकल्पनाकारसमेत हुन् । उदयपुर जिल्लाको लिम्चुङबुङ पर्यटकीय गुरु योजना र राष्ट्रिय गौरवका योजनाहरु खोटाङ जिल्लाको बराहपोखरी धाम र संखुवासभा जिल्लाको मनकामनाधामको पर्यटकीय गुरु योजनाबाट उनको सिर्जनशीलताको सहजै अनुमान लगाउन सकिन्छ । यसैक्रममा, श्रिको गुरु योजना नेपाल इञ्जिनीयरिङ एशोसियशनबाट पुरस्कृत पनि भइसकेका छन् ।
बहुमुखी सर्जक विक्रमश्रिलाई उनको योगदानलाई कदर गर्दै राष्ट्रिय प्रतिभा पुस्कार, जेसीज स्वर्ण पदक, ललित कला प्रज्ञा पुरस्कार, अन्तर्राष्ट्रिय शान्ति पदकलगायत अन्य विभिन्न संघसंस्थाहरुबाट पुरस्कृत, अभिनन्दित तथा सम्मानित गरिएको छ ।




Click on the link below for more information about the artist.



About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.