Biography of Artist Tirtha Niraula



Biography

कलाकार कला समिक्षक तीर्थ निरौला

सानैदेखि म कलाक्षेत्रमा लागेको हु । लगभग चालिस सालदेखि कलाकरिताको क्षेत्रमा सार्वजनिकरुपमा प्रस्तुत हुदै आएको छु । धरान क्षेत्रबाट सुभारम्भ भएको मेरो कलाको गतिविधी क्रमसः काठमाडौसम्म र अन्य मुलुकसम्म पुग्यो । अध्ययनको क्रममा  सर्वप्रथम काठमाडौ टेकेको मैले राष्टियस्तरका कला र कलाकारहरुहरुसंग धुलमिल हुने र कलाकारितामा अनुभव बटुल्ने अवसर पाए । स्कुले समय काल हुदै कलेजकाल सम्म मैले नेपालका वरिष्ठ कलाकारहरुबाट कला ज्ञान लिने र प्रदर्शनी मार्फत देखाउने सुअवसर पाए । आज काठमाडौमा जसरी सक्रिय भएर कला कर्म गरिरहेको छु त्यसरी नै आफु जन्मेको भूमि धरान क्षेत्रमा पनि साडे पैतिसवर्ष देखि सक्रिग र निरन्तर रुपमा क्रियाशिल भइरहेको छु ।

धरानको कला उटानमा मेरो अग्रणी भूमिका रहेको छ । धरानमा सर्वप्रथम दुईपल्ट एकल कला प्रदर्शनी मैले गरेको थिए । त्यसपछि आजसम्म धरानमा कसैले एकल कला प्रदर्शनी गर्न सकेका छैनन । साथै शुरुकालमा धरानमा हाम्रै सक्रियतामा धेरैचोटी ग्रुप कला प्रदर्शनी गरेको इतिहास छ । धरानलाई कला सम्वन्धि चिनारी वा आभाष गराउने कार्य हामीबाटै भएको हो । धरानमा वा अधिराज्यभरीनै कला जनचेतनाका लागि विविध किसिमले मैले कला गतिविधीहरु गर्दै आएको जगजाहेर छ । चित्र सृजनाको संगसगै कलाको समिक्षा गर्ने कार्यदेखि कला विकास विस्तार र जनतामा कला चेतनाको निमार्ण पक्षमा महत्वपूर्ण भूमिका खेल्दै आएको छु ।

शरुमा मैले धेरै यथार्थवादी, वस्तुवादी र दृष्यवादी चित्र सिर्जनाका कर्महरु गर्दै आए साथै ती कार्यहरुलाई प्रदर्शनी पनि गदै आए । कार्य गर्दैजादा अनुभव, अधययन र विद्धतताका कारणले होला सायद ममा कला सिर्जन गर्ने आफ्नै शैलीको वृद्धि भयो । जसलाई अर्ध अमूर्त भनिन्छ । पछिल्लो चरणमा म आफनै निजी शैलीलाई आत्मसात गरेर अर्धअमूर्त वा आधुनिक कलाधारको कला सिर्जना गर्दछु ।

विशेषतः मेरा सिर्जनाहरु विषय र भावना प्रधान हुन्छन् ।  विम्व र प्रतिकहरु संगसगै निजी दृष्टिकोण समाहीत रहेका हुन्छन् । रंगलाई म हल्का मिठासपूर्ण प्रयोग गर्छु । मेरा चित्रहरुले विशेषत टेक्चर ईफेक्ट लाई जोड दिन्छ ।

कला सृजनामा निरन्तर तीस पैतिस वर्षदेखि लागिरहेको मैले यस्तै मेरा मौलिक चित्रहरुलाई विविध देशहरु र स्वदेशमा गरि दसौचोटी एक व्यक्ति र भिन्नभिन्न मुलुकहरुमा हजारौ पल्ट सामुहिक कला प्रदर्शनी गरेको छु । तथा थुप्रै मुलुकहरुमा मेरा कला संग्रहित छन् ।



Click on the link below for more information about the artist.




About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.